
बिएल संवाददाता
महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आज(शनिबार) भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ।
नेपालले दिएको लक्ष्य पछ्याइरहेको थाइल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ। पावर प्लेमा २ विकेट गुमाएर थाइल्याण्डले ३२ रन बनाएको छ। अब उसलाई जितका लागि १४ ओभरमा ७० रनको आवश्यकता छ।
शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।
थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टी-२० आई खेलमा नेपाल सबैमा पराजित भएको थियो। थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलोपटक खेलिरहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया