बिएल संवाददाता
सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रातारात सरुवा गरेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालक जिबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएकाे छ। त्यस्तै, सरकारी वकिलले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २० जनालाई ठगीकाे मात्र मुद्दा दर्तागरी संगठित अपराधमा उन्मुक्ति दिएको आरोप छ।
दर्जनौँ सहकारी संस्थाको सम्पत्तिमा ४८ करोड अपचलन गरेको गम्भीर आरोप लागेका लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ता लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ। उनकाे स्थानमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुँदैछन्।
प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणअन्तर्गत मुद्दा चलाउन दिएको राय उल्टाएर उनले लामिछानेको हकमा मात्रै केस कमजोर बनाउन खोजेको आरोप छ।
स्रोतकाअनुसार महान्यायाधिवक्ताबाट नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको अध्यक्षतामा छानविन समिति गठन गरेर उनलाई कारबाही गर्ने काम भएको हो।
रविविरुद्ध सहकारी ठगीसँगै ‘संगठित अपराध’मा मुद्दा चलाउन जिल्ला न्यायाधिवक्ता लुइँटेलमाथि सत्ताको दबाब रहेको र माथिको आदेश नमान्दा रातारात सरुवा गरिएको रास्वपाका नेताहरूको आरोप छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया