बिएल संवाददाता
अभिनेत्री तथा पूर्व ब्यूटी क्वीन इशिका तनेजा यतिबेला चर्चामा छिन्।
‘इन्दु सरकार’ मा देखिएकी इशिकाले आफूलाई अध्यात्म र सनातन धर्ममा समर्पित गरेकी छिन्।
हालै नायिका महाकुंभ पुगेकी थिइन्, जहाँ उनले अमृत स्नान गरिन् र योसँगै उनले आफ्नो अभिनय करियरलाई अलविदा गरिन्।
इशिका तनेजाले अब बलिउड र अभिनयलाई अलविदा भनिन्। इशिकाले नै यसको घोषणा गरेकी छिन्। तर, उनी साध्वी बनेकी छैनन्, बरू आफूलाई सनातनी मान्छिन्।
अध्यात्म मार्गमा हिड्ने घोषणा
हालै इशिका तनेजाले प्रयागराजमा चलिरहेको महाकुम्भमा पवित्र स्नान गरी अभिनयलाई अलविदा गरिन्।
अब नायिकाले धर्मको बाटोमा हिँड्दै अध्यात्म र सनातन धर्मको प्रवद्र्धन गर्नेछिन्। २०१७ मा इशिका लोकप्रिय फिल्म निर्माता मधुर भण्डारकरको फिल्म ‘इन्दु सरकार’ मा देखिएकी थिइन्।
यस फिल्ममा कृति कुल्हारी, नील नितिन मुकेश र अनुपम खेर जस्ता कलाकारको महत्वपूर्ण भूमिका थियो। फिल्ममा इशिकाको कामको पनि निकै प्रशंसा भएको थियो।
मिस वर्ल्ड टुरिज्मको उपाधि
२०१६ मा, इशिकालाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतका १०० सफल महिलाको श्रेणीमा राष्ट्रपति पुरस्कार प्रदान गरेका थिए।
इन्स्टाग्राममा इशिकाका १६ लाख फलोअर्स छन्। इशिकाले कम फिल्म गरेकी भए पनि आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएकी छिन्।
यसपछि उनले २०१८ मा मिस वर्ल्ड टुरिज्मको उपाधि जितेकी थिइन्। यसैबीच उनी केही सामाजिक काममा पनि व्यस्त भइन् र अहिले श्रीलक्ष्मी बनेर सनातन धर्मको प्रचारप्रसार गर्ने मन बनाएकी छिन्।
धर्मकाे प्रचार
अभिनयबाट टाढा भएपनि सनातन धर्मको प्रचारप्रसार गर्न सकिने चलचित्रमा काम गर्ने मौका पाएमा पक्कै पनि त्यस्ता चलचित्रमा काम गर्ने अभिनेत्री बताउँछिन्। अर्थात्, इशिकाले धार्मिक फिल्म गर्ने विचार गर्न सक्छिन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया