बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन।
प्रेस चौतारी नेपाल नेकपा एमाले पार्टीको भातृ संगठन हो। प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय सदस्य कृष्ण तिवारी प्रेस चौतारीमा प्रवेश गरेका हुन।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले दुबै जनालाई टिकामाला लगाई औपचारिक रुपमा प्रेस चौतारीमा प्रवेश गराएका छन।
प्रेस चौतारीमा प्रवेश गरेका झाले यस संगठनमा रहेर आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्ने बताए। प्रेस चौतारी नेपाल रौतहटका जिल्ला अध्यक्ष आदर्श उपाध्यायका अनुसार उदघाटन सत्र समापन भएको र बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया