बुधबार, १६ जुलाई २०२५

जाजरकाेट-घरमा आगाे लाग्याे, बालककाे मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

जाजरकाेट
2025-03-10 08:43:00
News Image
• • •

जाजरकाेटकाे एउटा घरमा सल्केकाे आगाेमा परेर एकजना बालककाे ज्यान गएकाे छ। यहाँकाे कुशे गाउँपालिका-८मा जनकबहादुर राेकायाकाे घरमा आइतबार राति आगलागी भएकाे हाे। 

खाना पकाउँदै गर्दा चुल्हाेबाट सक्लिएर घरमा लागेकाे आगाे निभाउँदा निभाउँदै उनकाे छाेरा अमरबहादुर राेकायाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। 

घरमूली जनक र उनकी आमा पनि घाइते भएका छन्। सातजनाकाे परिवारमध्ये अरु सबैले ज्यान जाेगाएका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?