बिएल संवाददाता
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गण्डकी प्रदेशमा अदुवा र बेसारको खेती गर्ने भएको छ।
कम्पनीले स्वदेशी गुणस्तरीय सामानलाई विदेश निर्यात गर्नका लागि गण्डकीको गोरखा जिल्लामा बेसार र अदुवाको खेती गर्न लागेको हो।
उक्त खेतीले किसानहरूलाई रोजगारीका दिनका साथै नेपालको अर्थतन्त्र सुधार्ने कम्पनीकी महाप्रबन्धक संगीता यादवको भनाइ छ।
‘हामीले बेसार र अदुवालाई टेण्डरमार्फत किन्ने होइन कि आफैंले खेती गर्ने हो। यसो गर्नाले किसान दाजुभाइहरूले काम पाउनुहुन्छ र गुणस्तरीय सामान पनि हुन्छ’, उनी भन्छिन्, ‘हामीले स्वदेशमा उत्पादन गरेको गुणस्तरीय प्रोडक्ट विदेश निर्यात गर्दा हाम्रो अर्थतन्त्र पनि सुधार आउने विश्वास लिएका छौं।’
नेपालमा अत्यधिक मात्रामा आयात भइरहेको मरिच, सुकमेल, मह, अमला, अश्र्वगन्धा तथा शितलचिनीको धुलो उत्पादन गरेर व्यापार विस्तार गर्नुका साथै स्वदेशी मुद्राको बहिर्गमनलाई रोक्ने योजना पनि जडीबुटी कम्पनीको रहेको महाप्रबन्धक यादवको भनाइ छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया