
बिएल संवाददाता
चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ। हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः ३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युबमा अपलोड हुने प्रस्तोता रिजालले बताए। विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेसवासीको लवजमा प्रस्तुत हुनेछन्। कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ।
कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ का अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिन्छन्। त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन्।
रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा सञ्चालन गरेका थिए। पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अब भने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया