बिएल संवाददाता
नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्।
सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
उनले भने, ‘यहाँ मिस इन्फर्मेसन हुन थाल्यो। अब अर्को पटक कुन मुख्य सचिव आउँछ? जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ। अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन? त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ। संसदीय समितिको फाइनल रिपोर्ट र निर्णय मात्र प्रेसलाई दिने हो।’
उनले अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा पनि समिति बैठको फाइनल रिपोर्ट मात्रै पत्रकारलाई दिने गरेको बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया