बिएल संवाददाता
नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्।
सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
उनले भने, ‘यहाँ मिस इन्फर्मेसन हुन थाल्यो। अब अर्को पटक कुन मुख्य सचिव आउँछ? जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ। अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन? त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ। संसदीय समितिको फाइनल रिपोर्ट र निर्णय मात्र प्रेसलाई दिने हो।’
उनले अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा पनि समिति बैठको फाइनल रिपोर्ट मात्रै पत्रकारलाई दिने गरेको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया