बिएल संवाददाता
नेपाल सरकारको ‘उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-२५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपाने छिन्।
उनले विभिन्न व्यक्तिहरूलाई फरक-फरक परिचय दिई आफू ‘कानून मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईंलाई विमानस्थलको विभिन्न ठेक्का मिलाई दिन्छु’ भन्दै राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी सात लाख ६० हजार आठ सय रुपैयाँ लिएको आरोप छ।
त्यस्तै अन्य दुईजना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिइसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।
उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया