२२ जेठ, काठमाडौं । सन् २०१२ मा म्यानमारबाट बांगलादेश, भारत हुँदै काठमाडौं छिर्दा जाफर आलमको समूहमा तीन परिवारका ११ जना थिए । सात वर्षमा काठमाडौंमा म्यान्मारका रोहिंज्या शरणार्थी परिवार संख्या चार सय हाराहारी पुगेको छ ।
कपनमा रोहिंज्या शरणार्थीहरु ह्वात्तै बढेको चाहिँ सन् २०१६ पछि हो । अहिले कपनकै लसुनटार र हात्तिगौंडामा पनि रोहिंज्याका टहरा बन्दैछन् । जग्गा भाडामा लिएर बनेका टहरे बस्तीमा म्यानमारको राखाइन राज्यको मुस्लिम परिवेश देख्न सकिन्छ ।
देश फर्कन मन लागेर के गर्नू !
दक्षिण–पश्चिम म्यानमारको राखाइन राज्यमा रहेको थातथलो छोडेर नेपाल आउने रोहिंज्याहरुको कथा दर्दनाक छ ।
उनीहरुको दुर्दिन सन् २००७ बाट सुरु हुन्छ । त्यसबेलाको एउटा बलात्कारको घटनालाई जातीय रङ दिएर अल्पसंख्यक रोहिंज्या मुसलमान समुदायलाई तारो बनाइयो ।
जबर्जस्त रुपमा फैलाइएको हिंसाको क्रममा रोहिंज्या बस्तीहरु जलाइयो, हजारौं मारिए । बलात्कारलाई सामान्य मानियो । लाखौं परिवार छिन्नभिन्न भए । हजारौं बेपत्ता भए।
सक्नेजति समुद्रको छालसँगै लाखापाखा लागे । संयुक्त राष्ट्रसंघले ‘मानवीय संकट’ भनेको त्यही हिंसाकालमा देश छोड्नेमा जाफर आलमको समूह पनि एक थियो ।
ठूलो कष्टले एक महिनामा म्यानमारबाट बंगलादेश पसेको यो समूहले त्यहाँ मजदुरी गरेर १० दिन बितायो । त्यसपछि दलाललाई पैसा खुवाएर भारत छिरेको आलम बताउँछन् । उनीहरु भारतको उत्तर प्रदेश (युपी) पुगे, जहाँ तीन परिवार रोहिंज्या पहिल्यै पुगेका थिए । त्यहाँको एउटा मासु प्रशोधनशालामा काम गर्न थालेको साढे दुई महिना उनीहरु सबैलाई भारतीय प्रहरीले समात्यो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया