
वर्षाले रोकिएको खेल ९ ओभरमा छोट्याइयो, नेपालपहिले फिल्डिङ गर्ने, पारस नखेल्ने!
सिंगापुरमा वर्षाले अवरूद्ध भएको आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसिया र नेपाल विचको खेल ९ ओभरमा छोट्याइएको छ।
नियमित कप्तान पारस खड्का नखेल्ने भएपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले पहिला फिल्डिड्ड गर्ने निर्णय गरेको छ।
यसैबीच नेपालले कतारविरूद्धका खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरिएको छ । पारस र ललितको स्थानमा रोहित पौडेल र प्रदिप ऐरी टोलीमा आएका छन् ।
नेपालको प्लेइङ ११ :
१. ज्ञानेन्द्र मल्ल (कप्तान)
२. रोहितकुमार पौडेल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. प्रदिप ऐरी
निरन्तर वर्षाको कारण निर्धारित समय भन्दा दुई घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको हो। नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नैपर्ने दबाब छ।
हिजो नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो।
आजको खेलमा नेपाल पराजित भए अघिल्लो चरणको संभावना लगभग सकिने निश्चित जस्तै छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया