बिहिबार, ३१ जुलाई २०२५

सरकारको निर्णयविरूद्ध रणनीति बनाउन विप्लव माओवादीको आकस्मिक बैठक

News Image
तस्बिरः रातोखबर
• • •

सरकारले प्रतिबन्ध लगाएपछि नेकपा विप्लव घटकले आकस्मिक पोलिट्ब्यूरो बैठक बोलाएको छ। राजधानी काठमाडौं नजिकै नेपाली समुयअनुसार शुक्रबार अपरान्ह सुरू भएको बैठकमा आकस्मिक रूपमा सिर्जना भएको नयाँ परिस्थितिको सामना गर्न नयाँ रणनीति बनाइने बताइएको छ। 

नेकपा विप्लव घटकका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको पुष्टी गरे।उनले ब्रेक एन लिक्सलाई संक्षिप्त प्रतिक्रिया दिदै भने- मुलुकभित्रै अज्ञात स्थलमा पोलिट्ब्यूरो बैठक हजारी छ। सरकारले हाम्रो पार्टीलाई लक्षित गरी एकतर्फी रुपमा युद्व घोषणा गरेको छ। हामी त्यसको जवाफ दिने रणनीतिमा बनाइरहेका छौं । अहिलेसम्मको रिपोर्टिङको आधारमा  पार्टीले  ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति नै बनाउँने सम्भावना छ।'

यसअघि नेकपा विप्लव घटकलाई सरकारले मंगलबार अपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो ।

 

 

शुक्रबार, चैत्र ०१, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)