
राष्ट्रपति विद्यादेवी भण्डारी अर्को महिना जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान जान इच्छुक देखिएपछि सरकारले भ्रमणको तयारी गरिरहेको स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालय स्रोतले भ्रमणको तयारीबारे पुष्टि गरे पनि भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा सरकारको भएको बतायो । स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।
जापानका सम्राट नारुहितो युवराज भएकै बेला सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए । नारुहितोका नेपालसँग विशेष लगाव रहेको बताइन्छ । जापान र नेपालको राजपरिवारबीच धेरै पुरानो सम्बन्ध र भ्रमण आदान प्रदान हुने गरे पनि नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।
यसअघि प्रथम राष्ट्रपतिले पनि जापानको भ्रमण गरेका थिए । तर उनको भ्रमण भने स्वास्थ्योपचारको लागि थियो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया