बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।

स्वागत तथा अन्तर्क्रिया कार्यक्रम अमेरिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेका भातृसंगठनले आव्हानमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विभिन्न स्थानिय नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग फिने क्रममा शुक्रबारदेखि अमेरिकामा छन् । परराष्ट्रमन्त्री डा. राणा देउबा क्यानाडा हुँदै शनिबार न्युयोर्क आएर प्रतिनिधि मण्डलमा सहभागी भएकी छन् ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया