बिएल संवाददाता
अमेरिकामा चुनावी तिहारको झिलिमिलि, ह्वाइट हाउसमा दीपावली
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली पर्वको उत्सव शुभारम्भ गरेका छन् । ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।
यस वर्ष ह्वाइट हाउसमा मनाइएको दीपावलीमा करिव ६सय जना हिन्दू धर्भावलम्वी पाहुनाहरू सहभागी थिए । अधिकांश पाहुनाहरू भारतीय मूलका भए पनि केही पाहुनाहरू नेपाली मूलका पनि थिए ।
अर्को हप्ताको मंगलबार राष्ट्रपति चुनाव भैरहेको यसपटकको दीपावली बिगतमा भन्दा राजनीतिक रूपमा पनि विशेष रहेको छ । चुनावमा सहभागी करोडौ हिन्दू मतदाताको मत जित्न पनि ह्याइट हाउसले ठूलो महत्वका साथ यो पर्व मनाएको छ ।
उज्यालोको चाड तिहारमा अमेरिका अध्यारोबाट उज्यालोतिर जावोस् भनेर सदिच्छाका साथ यसपटक अरू महत्व दिइएको बताइएको छ । अमेरिकामा यसपटक डोनल्ड ट्रम्प अमेरिकालाई अध्यारोतिर धकेल्ने र कमला ह्यारिस उज्यालोतिर लैजाने उम्मेद्वारका रूपमा प्रस्तुत भएका छन् । गर्भपतन, आप्रवासनलगायत ट्रम्पका धेरैजसो एजेण्डाहरू पश्चगामी रहेका छन् ।
दीपावलीको अवसर पारेर राष्ट्रपतिका दुबै उम्मेद्वारले अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म विशेषभन्दा पनि दक्षिण एसियाली चाडका रूपमा ब्राण्डिङ भैरहेको छ ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया