बिएल संवाददाता
अमेरिकामा चुनावी तिहारको झिलिमिलि, ह्वाइट हाउसमा दीपावली
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली पर्वको उत्सव शुभारम्भ गरेका छन् । ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।
यस वर्ष ह्वाइट हाउसमा मनाइएको दीपावलीमा करिव ६सय जना हिन्दू धर्भावलम्वी पाहुनाहरू सहभागी थिए । अधिकांश पाहुनाहरू भारतीय मूलका भए पनि केही पाहुनाहरू नेपाली मूलका पनि थिए ।
अर्को हप्ताको मंगलबार राष्ट्रपति चुनाव भैरहेको यसपटकको दीपावली बिगतमा भन्दा राजनीतिक रूपमा पनि विशेष रहेको छ । चुनावमा सहभागी करोडौ हिन्दू मतदाताको मत जित्न पनि ह्याइट हाउसले ठूलो महत्वका साथ यो पर्व मनाएको छ ।
उज्यालोको चाड तिहारमा अमेरिका अध्यारोबाट उज्यालोतिर जावोस् भनेर सदिच्छाका साथ यसपटक अरू महत्व दिइएको बताइएको छ । अमेरिकामा यसपटक डोनल्ड ट्रम्प अमेरिकालाई अध्यारोतिर धकेल्ने र कमला ह्यारिस उज्यालोतिर लैजाने उम्मेद्वारका रूपमा प्रस्तुत भएका छन् । गर्भपतन, आप्रवासनलगायत ट्रम्पका धेरैजसो एजेण्डाहरू पश्चगामी रहेका छन् ।
दीपावलीको अवसर पारेर राष्ट्रपतिका दुबै उम्मेद्वारले अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म विशेषभन्दा पनि दक्षिण एसियाली चाडका रूपमा ब्राण्डिङ भैरहेको छ ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया