प्रदीप भट्टराई
विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली अमेरिकामै लुकेको एक आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार सन् २०१४ देखि २०२३ सम्म ओभर स्टे भएका ९,०३२ नेपालीमध्ये १,८८९ ओभर स्टे भएर फर्के पनि ७,१४३ भने अमेरिकामै लुके ।
नेपालीहरूको यो संख्या भिजिटर भिसामा माथिल्लो बाटोबाट आएका र निर्धारित समयमा नेपाल नफर्केर लुकनेहरूको हो । यो संख्यामा मानव तस्करहरूले तल्लो बाटोबाट ल्याएका हजारौं नेपालीहरूको संख्या जोडिएको छैन ।
यसरी लुकेका धेरैजसो नेपालीले अमेरिकामा शरणका लागि आवेदन दिएको र केहीले शरणको प्रक्रियाबाट अमेरिकी कागजात पनि प्राप्त गरिसकेका छन् । केही त ग्रीन कार्ड हुँदै अमेरिकी नागरिक भएर नोभेम्बर ५ को चुनावमा मतदान पनि गर्दैछन् ।
विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली नेपाल नफर्केर अमेरिकामै लुकेको पाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यो संख्या सन् २०१४ देखि २०२३ सम्मको हो।यो संख्यालाई औसतमा हेर्दा वितेका १० वर्षदेखि हरेक दिन दुईजना नेपाली अमेरिकामा लुकिरहेका छन्।
१० वर्षमा ७,१४३ नेपाली लुक्नु भनेको औसतमा वर्षको ७१४ नेपाली लुक्नु हो । त्यो भनेको दिनमा लगभग दुई जना नेपाली अमेरिकामा गैरकानूनी रूपमा लुक्नु हो । के यो संख्या स्वभाविक हो ? यसले नेपालीलाई भिसा दिनमा बढी अप्ठ्यारो त पारिरहेको छैन ? अमेरिकामा लुक्ने अरू देशका मानिसको संख्याको तुलनामा यो बढी हो कि कम हो ? यस्ता प्रश्नहरू जरूर उठ्छन् ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकलाई विश्लेषण गर्ने हो भने यो संख्या खासै अस्वभाविक देखिदैन । लुक्ने नेपालीहरूको संख्या अनुपातमा मध्यम भए पनि संख्यामा ठूलो हैन । पर्यटन भिसामा अमेरिका आएर ठूलो संख्यामा अरू देशका नागरिकहरू पनि नेपालीझैं लुक्छन् । भूगोल र जनसंख्यामा ठूलो भएका तेस्रो विश्वका देशका नागरिकहरू नेपालीभ भन्दा धेरै नै वर्षेनी अमेरिकामा लुक्छन् । यसरी लुक्नेहरूको संख्या सबैभन्दा बढी एसियाबाट हुन्छ । त्यसमा पनि दक्षिण एसियालीहरू यस मामिलामा अलि बढी नै बदनाम छन् ।
अझै पनि नेपाल अमेरिकामा लुकेर बस्नेहरूको संख्याको हिसाबमले डेन्जर जोनमा पुगिसकेको छैन । यही कारण अमेरिका आउने नेपालीले भिसा स्विकृतिका लागि धरौटी राख्नुपर्ने अवस्था छैन । कतिपय देशका नागरिकले अहिले अमेरिकाको भिसा लिन हजारौ डलर धरौटी राख्नुपर्ने अवस्था छ। ती देशबाट भिजिटर भिसामा अमेरिका आएका धेरैजसो यतै लुकेका कारण उनीहरू धरौटीको चर्को मारमा परेका हुन् । धन्य, नेपाल भने त्यो अवस्थाबाट अझैसम्म मुक्त छ । त्यसैले अमेरिकामा रहेका नेपालीले सगौरव भन्न सकेका छन्, 'हामी अमेरिकामा कम लुक्ने देशबाट आएका हौं।'
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया