बिएल संवाददाता
अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले विभिन्न राज्यको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।
सीएनएनले अहिलेसम्म ह्यारिसको पक्षमा ८१ र डोनल्ड ट्रम्पको पक्षमा १६२ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ भने फक्स न्यूजले ह्यारिसको पक्षमा ११७ र डोनल्ड ट्रम्पको पक्षमा २०५ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ । एशोसियटेड प्रेसले अहिलेसम्म ह्यारिसको पक्षमा ९९ र डोनल्ड ट्रम्पको पक्षमा १८८ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ।अहिलेसम्म कुनै पनि ब्याटल ग्राउण्ड स्टेटको मत परिणाम कुनै पनि प्रक्षेपण गरेका छैनन् ।
चुनावको मतदान र मतगणना जारी रहेको यतिबेला दुबैतिर एक किसिमको आशंका नै जारी छ । कुनै पनि पक्ष ढुक्कले आफू जित्ने बताइरहेका छैनन् । अबको केही घण्टापछि कुनै ब्याटल ग्राउण्ड राज्यको परिणाम प्रक्षेपण हुन सक्छ । त्यसले भने २७० को म्याजिक संख्या कसको पक्षमा जान सक्छ भन्ने आँकलन गर्ने ठाउँ हुन्छ ।
अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि विभिन्न राज्यहरूमा बाँडिएको ५३८ कलेजे इलेक्ट्रल मतको बहुमत २७० कलेजे इलेक्ट्रल मत ल्याउनुपर्ने हुन्छ।
संसदको दुबै सदनमध्ये माथिल्लो सदन सिनेटका केही सिट र हाउस अफ रिप्रेन्जेन्टेटिब्सका सबै ४३५ स्थानका लागि पनि चुनाव भएको छ । ती पदहरूको पनि केही राज्यमा मतदान र केही राज्यमा मतगणना जारी छ ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया