
बिएल संवाददाता
अमेरिकी आमचुनावको मतगणना जारी भैरहेकै बेला रिपब्लिकन राष्ट्रपति उम्मेद्वार ट्रम्पको पल्ला भारी हुदै गएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा उनको जीत प्रक्षेपण गरिएसँगै उनको जीतको सम्भावना बढेको छ । बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यहरूमा पनि ट्रम्प नै झिनो मतान्तरले अगाडि छन् ।
ट्रम्पको नर्थ क्यारोलाइनाको जीत प्रक्षेपण र अन्य ब्याटल ग्राउण्ड राज्यको अग्रताको कारण रिपब्लिकन खेमा उत्साहित भएको छ भने डेमोक्रेटिक खेमामा भने खिन्नता र छटपटी बढेको छ । अझै सहरी क्षेत्रको लाखौं मत गन्न बाँकि रहेकाले डेमोक्रेटहरूले जीतको आशा भने मारिसकेका छैनन् ।
सिनेटमा पनि रिपब्लिकन पार्टीकै पल्ला भारी भएको छ । डेमोक्रेटिक पार्टीले जितिरहेको नर्थ भर्जिनिया र ओहायोमा रिपब्लिकन उम्मेद्वाहरूले जितेका छन् भने पेन्सेल्भेनिया र मोन्टानामा रिपब्लिकन उम्मेद्वारहरू नै अगाडि छन् ।
संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिबस्मा पनि रिपब्लिकन पार्टीले आफ्नो बहुमत जोगाउला जस्तो छ ।
अमेरिकी चुनावको पछिल्लो अवस्था हेर्दा २००८ मा डेमोक्रेटिक पार्टीले जितेजस्तै क्लिन स्विप गर्ने सम्भावना बढेको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया