बिएल संवाददाता
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।
नेपाली समयअनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए। ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाइ छ। छलफल सौहार्दपूर्ण र फलदायी भएको उनको टिप्पणी छ।
नवनिर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया