
राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो अनुदारवादी दक्षिणपन्थी प्रशासनको महान्यायाधिवक्तामा मनोनयन गरेका म्याट गेजले मनोननय फिर्ता गरेका छन् । ट्रम्प बसोबास गरिरहेको फ्लोरिडा राज्यका कंग्रेस सदस्य गेजमाथि एक १७ वर्षीय बालिकालाई लागु पदार्थ खुवाएर यौन सम्पर्क गरेको अभियोग लागेको थियो । उनले ती किशोरीको मुख बन्द गराउन पटक पटक पैसा दिएका थिए ।
संसदको आचरण समितिमा एक द्विदलीय समितिले यसबारेमा अध्ययन गरेर गेज यौन काण्डमा संलग्न रहेको प्रमाण भेटाए पनि ट्रम्पको दबाबमा रिपब्लिकन बहुमत रहेको त्यो समतिले प्रतिवेदन सार्वजनिक नगर्ने पक्षमा मतदान गरेको थियो । तर, एकपछि अर्को गरेर प्रमाणहरू मिडियामा छरपष्ट भैरहदा गेज थप अप्ठ्यारोमा पर्दै गएका थिए । ट्रम्पले उनलाई सजिलो बनाउन संसदका रिपब्लिकन नेताहरूलाई आदेश दिएका थिए । तर, बुधबार संसदका रिपब्लिकन नेताहरूसँग कुरा गर्दा गेजले आफूलाी सहज महसुस गरेनन् ।उनले यसअघि संसदका रिपब्लिकन सभामुख म्याकर्थीलाई अपदस्थ गर्न नेतृत्व गरेकाले उनी म्याकर्थी खेमाका सांसदहरूको आँखाको तारो बनेका थिए ।
गेजले आफू निर्दोष भए पनि यो विवादले राष्ट्रपति निर्वाचित ट्रम्पलाई सहयोग नपुग्ने भन्दै राजिनामा दिएको बताए । ट्रम्पले पनि उनको यस 'महान' त्यागको सम्मान गरेको बताए ।
गेजको मनोनयन फिर्तासँगै ट्रम्पलाई विवादास्पद नामहरू मनोनयन गर्न नहुने शिक्षा मिलेको छ । ट्रम्पको मनोनयनमा रहेका गेज यौन काण्डमा फसेका एक मात्र व्यक्ति हैनन् । ट्रम्पले रक्षामन्त्रीमा मनोनयन गरेका पिट हिगसेथ र शिक्षामन्त्रीमा मनोनयन गरेका लिण्डा म्याकमहनमाथि पनि यस्तै गम्भीर आरोप लागेको छ । हिसगेथले क्यालिफोर्नियामा २०१७ मा गरेको गरेको एक यौन काण्ड बाहिर आएको छ भने लिण्डाले वालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया