
बिएल संवाददाता
अमेरिकामा एक करोड १० लाख हाराहारीमा रहेका कागजपत्रविहीन आप्रवासीलाई सामुहिक देश निकाला गर्ने वाचा गरेर बिजयी ट्रम्पले त्यो वाचा पूरा गर्लान् त? अहिले अमेरिकाको लाखटक्काको प्रश्न नै यही भएको छ । यही प्रश्नमा यतिबेला अमेरिकी जनमत तीन कित्तामा बिभाजित छ, पहिलो कित्तामा ट्रम्प समर्थकहरू छन् । उनीहरू यो वाचा पूरा हुन्छ भन्दै आप्रवासी निस्कासनको काराभान हेर्ने दिन पर्खेर बसेका छन् । दोस्रो कित्तामा डेमोक्रेटहरू छन्, उनीहरू यो सम्भव नै छैन भन्दैछन् । तेस्रो कित्तामा केही त पक्कै हुन्छ भन्नेहरू छन् ।
यसैबीच ट्रम्पले दोस्रो विश्वयुद्धका बेला इटालियन, जर्मन, र जापानी आप्रवासीहरूको निगरानी र हिरासतका लागि प्रयोग भएको १७९८ को एलियन र सेडिशन एक्ट प्रयोग गरेर भए पनि आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रतिज्ञा गरेका छन्। यसक्रममा उनले देशमा आपतकालिन अवस्था घोषणा गरेर सैनिक परिचालन गर्नेसमेत बताएका छन् । उनले महान्यायाधिवक्ता, सीमा मामिला प्रमुख र गृह प्रशासनमा जे जस्ता दक्षिणपन्थी नामहरू प्रस्ताव गरेका छन्, ती सबैको पृष्ठभूमीलाई हेर्दा ट्रम्प आप्रवासीहरूको सामुहिक निस्कासनबाट पछाडि नफर्कने संकेत मिलेको छ ।
ट्रम्प दुई करोड आप्रवासीलाई सामुहिक रूपमा देश निकाला गर्ने भन्दै आएका छन् । एक करोड १० लाख मात्र कागजपत्रविहीन भएको वर्तमान अवस्भथामा बाँकि ९० लाख आप्रवासी कहाँबाट जुटाउँछन् भन्ने प्रश्न पनि उठेको छ । कतै उनले टीपीएसमा बसेकालाई मात्र हैन, ग्रीनकार्ड र एच वन स्टाटस भएकाहरूलाई पनि देश निकाला गर्न लागेका त हैनन् भन्ने आशंका पनि जन्मिएको छ । सामान्यत: पूर्व अनुमान नै गर्न नसकिने चाल चाल्ने स्वभावका ट्रम्पले के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने स्थिति छ ।
अमेरिकामा रहेका कागजपत्रविहीनहरू धेरै जसो दक्षिणी अमेरिकी देशहरूका हिस्पानिक मूलका मानिसहरू छन् । उनीहरू अमेरिकामा तल्लो तहको नभइनहुने भरपर्दा कामदार हुन् । यदि उनीहरूलाई सामुहिक रूपमा बाहिर पठाइयो भने अमेरिकामा सडक निर्माण र मर्मत गर्ने, घर निर्माण, मर्मत र सफा सुग्घर गर्ने, भाडा बर्तन माझ्ने कामदारको ठूलो अभाव भई हाहाकार नै हुन सक्छ ।
हुन त अहिले नै अमेरिकामा पनि एक करोड ३० लाख कामदारको अभाव छ भनिन्छ । त्यो एक करोड १० लाखलाई सामुहिक रूपमा देश निकाला गर्ने हो भने दुई करोड ४० लाख कामदारको अभाव हुन्छ । एकातिर अमेरिकामै उत्पादित सामान मात्र प्रयोग गर्ने मेक इन अमेरिका अभियान चलाउने भनिएको छ अर्कोतिर कामदार नै नहुने अवस्था छ । यस्तो परस्परविरोधी परिस्थिति सिर्जना हुने भएकाले ट्रम्पको सामुहिक निस्कासनको चुनावी वाचा संशयमा छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया