बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस पोष्ट गर्दै यस्तो घोषणा गरेका हुन् । उनको यो नयाँ घोषणासँगै क्यानाडा र मैक्सिकोबाट आउने सामान २५ प्रतिशत र चीनबाट आउने सामान कम्तिमा पनि १० प्रतिशत महंगो हुनेछन् ।
अमेरिकामा बनेका सामान प्रयोग गर्न प्रोत्साहित गर्ने मागा अभियानअन्तर्गत उनले यो घोषणा गरेका हुन् । अमेरिकामा धेरैजसो दैनिक उपभोग्य सामान यी तीन देशहरूबाटै आउँछन् । अमेरिकामा उत्पादन हुने सामान यसै पनि महंगा छन् र सबै सामानहरू तत्काल उत्पादन गर्न पनि सम्भव छैन । यस्तो अवस्थामा अमेरिकी जनता अरू थप महंगीको मारमा पर्नेछन् ।
देशमा बाइडेन प्रशासनले महंगी बढाएको भाष्य निर्माण निरमा्ण गरेर महंगीको मुद्दामा चुनाव जितेका ट्रम्पको यो घोषणा आकस्मिक रूपमा आएको हैन । उनले चुनावी अभियानकै क्रममा बाहिरबाट आउने सामानमा यो भन्दा पनि बढी प्रतिशतमा भन्सार लगाउने घोषणा गरेका थिए । तर, उनले त्योसँगै महंगी घटाउने पनि वाचा गरेका थिए। उनको यो परस्पर विरोधी वाचा अर्थशास्त्रीहरूले नपत्याए पनि अमेरिकी मतदाताले भने पत्याएका थिए ।
ट्रम्पको यो घोषणाबाट महंगी घट्ने आशा गरेका अमेरिकी मतदाताको आशामा भने तुषारापात हुने सम्भावना बढेको छ । ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगतै नयाँ भन्सार दर लागु भयो भने अमेरिकी जनताको भान्छा अरू महंगो हुने छ । अमेरिकामा मेक्सिकोबाट ठूलो मात्रामा केरा, गोलभेडा, बेरी, काक्रो, एभोकाडो, सलाद, खुर्सानीलगायतका कृषिजन्य उत्पानहरू आयात हुन्छन् ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया