बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो। उनी लामो समयदेखि अस्वस्थ थिए ।
नेपालको शान्ति प्रक्रियाका एक हस्ती तथा नेपालका हितैषी उनको निधन एक सय वर्षको उमेरमा भएको हो l शतायु बाँच्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
दुईपटक नेपालको भ्रमण गरेका कार्टरले नेपालको पहिलो संविधान सभा चुनावको पर्यवेक्षण पनि गरेका थिए ।
कार्टर सेन्टर स्थापना गरेर मानव अधिकार तथा शान्ति स्थापनामा सक्रिय कार्टर अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट सन् १९७२ मा राष्ट्रपति निर्वाचित भएका थिए ।
सादा जीवन उच्च विचारका कार्टरलाई अमेरिकी जनता एक सच्चा अमेरिकीका रूपमा सम्मान गर्छन् ।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका नेताहरूले गहिरो शोक व्यक्त गर्दै उनको योगदानको सम्मान व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया