बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्धको निर्णय गर्ने जिम्मा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएका छन्।
बाइडेनले गत वर्ष टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बेच्नु पर्ने अन्यथा प्रतिबन्ध भोग्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए। कार्यकालको अन्तिम समयमा बाइडेन उक्त निर्णयबाट पछि हटेका हुन्।
अब अमेरिकामा टिकटकको भविष्य नवनिर्वाचित राष्ट्रपति ट्रम्पको कोर्टमा पुगेको छ। तर, ट्रम्पले टिकटकलाई निरन्तरता दिने सङ्केत गरिसकेका छन्। चुनावी अभियानकै क्रममा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका थिए। यद्यपि सुरुवाती समयमा उनी पनि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने पक्षमा थिए।
केही दिनअघि अमेरिकी खर्बपति व्यापारी तथा आगामी ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई)को जिम्मेवारी पाएका एलन मस्कले टिकटकको शेयर किन्ने तयारी गरेको समाचार बाहिरिएका थिए। तर, टिकटकले ती समाचारहरूको खण्डन गरिसकेको छ।
अमेरिकी मिडिया रिपोर्टका अनुसार टिकटकका सीईओ शाउ जी चू पनि आगामी जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुन सक्ने सम्भावना उच्च छ। उनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा भएको अमेरिकी संसदको कठोर प्रश्नहरूको सामना गरेका थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया