प्रदीप भट्टराई
अमेरिकाको न्यूह्याम्पसायर राज्यमा भर्खरै सम्पन्न प्राइमरीको मत गणना जारी छ । यद्यपि, अमेरिकी सञ्चार माध्यमहरूले पूर्वअनुमान अनुसार नै जो बाइडन र डोनल्ड ट्रम विजयी हुने अनुमान सार्वजनिक गरिसकेका छन्।
सत्तारूढ डेमोक्रेटिक पार्टीमा जो बाइडन ठूलो मतान्तरले विजयी हुने प्रक्षेपण गरिएको छ । यद्यपि, उनको नाम नै मतपत्रमा थिएन। उनको नाम नै लेखर पनि अत्याधिक डेमोक्रेटिक मतदाताले बाइडनलाई मतदान गरेका छन्।
विपक्षी रिपब्लिकन पार्टीमा निक्की हेलीले डोनल्ड ट्रम्पलाई पछि पार्दै अनौठो गर्ने झिनो आशा पनि निराशामा परिणत भएको छ । मतगणनामा निक्की मत सर्भेक्षणमा देखाएजस्तै दुई अंकले पछि परेकी छिन्।
सञ्चारमाध्यमहरूले ट्रम्प विजयी हुने प्रक्षेपण गरेलगत्तै उनले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पलाई वधाइ दिएकी छिन्। तर, उनले उम्मेद्वारी नत्याग्ने घोष्णा गर्दै फेब्रुअरू २४ मा साउथ क्यारोलाइनमा भेट्ने चुनौति दिएकी छिन्। हेलीले ट्रम्पलाई सिधा वहसका लागि आमन्त्रण पनि गरेकी छिन्।
उनले नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा ट्रम्पले बाइडनलाई जित्न नसक्ने बताउँदै आफूले मात्र उनलाई जित्ने दावी गरिन्। उनले रिपब्लिकन पार्टीलाई जिताउने हो भने अझै पनि आफूलाई मतदान दिन आग्रह गरिन् ।
हेलीको सार्वजनिक प्रतिक्रियालगत्तै ट्रम्पले रोष प्रकट गरेका छन्। उनले हेलीलाई हरूवा भएको भन्दै उनले भनेजस्तो केही नहुने बताएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया