
प्रदीप भट्टराई
सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो । प्रतिवेदनका अनुसार यो संख्या भिजिटर भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो ।
प्रतिवेदनअनुसार २६ हजार पाँचसय नेपालीले भिजिटर भिसाका लागि आवेदन गरेका छन् र आवेदन दिनेमध्ये दुई-तिहाईभन्दा बढीको भिसा स्विकृत भएको छ ।
अझ, सन् २०२२ मा ८०.१५ प्रतिशत नेपाली भिजिटर भिसा आवेदकको भिसा स्विकृत भएको थियो । त्यो वर्ष भिजिटर भिसाका लागि आवेदन दिने २२ हजार सातसय २९मध्ये १८ हजार दुईसय १४ नेपालीको भिसा स्वीकृत भएको थियो ।
त्योभन्द अघिल्लो वर्ष भिसा स्विकृत प्रतिशत अझ बढी थियो । ८१.२८ प्रतिशतले भिजिटर भिसा पाएको त्यो वर्ष कोभिड कहरका कारण आठ हजार सात सय ७३ नेपालीले मात्र आवेदन दिएकोमा सातहजार एकसय २८ नेपालीले भिजिटर भिसा पाएका थिए ।
पछिल्लो तीन वर्षको तथ्यांकलाई आधार मान्दा ४३ हजार पाँचसय ८७ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन्। यो संख्या औसतमा कुल आवेदकको ७६.७१ प्रतिशत हुन्छ ।
माथिको तथ्याङक्लाई विश्लेषण गर्दा हरेक वर्ष लाखौं नेपालीले अमेरिकाको भिजिटर भिसाको आवेदन गर्छन् र आवेदन दिनेमध्ये धेरैजसोको भिसा अस्विकृत हुन्छ भन्ने दुबै खाले बजार-चर्चालाई गलत सावित गरिदिएको छ । तीन वर्षमा भिसा आवेदन गर्नेको संख्या ५८ हजार दुई मात्र रहेको छ भने पाउँनेको औसत संख्या एकसयमा ७६ रहेको छ । यसले के देखाउँछ भने बजारमा चर्चा चलेजस्तो न वर्षमा लाखौं नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन गर्छन् न आवेदन दिनेमध्ये धेरैको भिसा नै अस्विकृत हुन्छ ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया