प्रदीप भट्टराई
सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको आज मंगलबार निर्णय हुँदैछ ।
नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ८३२ नेपाली चिकित्सकको युएसएमएलई परीक्षाफल रद्द गरेपछि प्रभावित एक चिकित्सकले वासिंटन डिसीस्थित डिस्ट्रिक्ट कोर्टमा फेब्रुअरी १२ मा मुद्दा दायर गरेका थिए।
फेब्रुअरी १२ मै न्यायाधीश रुडोल्फ कोन्त्रेरसले प्रारम्भिक सुनुवाई गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग अस्वीकार गरे पनि प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय दिएका थिए।
उनले प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ साँझ ५ बजेसम्म आफ्ना तर्क पेश गर्न र ती तर्कको जवाफी तर्क इफाइलिङ गर्न वादीलाई फेब्रुअरी २० को साँझ ५ बजेसम्मको समय दिएका थिए ।
डिसी कोर्टका अनुसार निर्धारित समयमा दुबै पक्षले आआफ्ना तर्क प्रस्तुत गरेका छन् । यी तर्कहरूका आधारमा न्यायाधिस क्रिस्टोफर कुपरले निर्णय गर्नेछन् ।
वादी प्रभावित नेपाली चिकित्सकले नेपालीमाथि मात्र यस्तो निर्णय गरेर विभेद गरेको र प्रभावित चिकित्सकलाई आफ्नो कुरा राख्ने मौका समेत नदिएर नागरिक अधिकार हनन गरिएको दाबी गरेका छन् । यी दुबैको प्रतिवाद गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरिएको बताइएको छ । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मिउ क्यारोलिनले मुद्दाको प्रतिनिधित्व गरिरहेकी छिन् ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया