बिएल संवाददाता
फिनल्याण्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ।
प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।
एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो। सोही विषयलाई लिएर ३६ वर्षीया प्रधामन्त्री विवादमा तानिएकी थिइन्।
प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष सल्लाहकारले बताएका छन्। ‘१९ अगस्ट २०२२ मा प्रधानमन्त्री सन्ना मारिनमा गरिएको परीक्षणमा ड्रग देखिदैन,’ मारिनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ। रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका बताइएको छ।
‘एउटा वृहत परीक्षण गरिएको थिएन। हामीले परीक्षण कसरी गर्ने भनेर छनौट गरेनौं’ मारिनले भनिन्। गत साता चुहावट भएको एउटा भिडियोमा मारिनलाई साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच्दै पार्टी गरिरहेको देख्न सकिन्छ। भिडियोले विश्वभर विवाद सिर्जना गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया