बिएल संवाददाता
फिनल्याण्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ।
प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।
एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो। सोही विषयलाई लिएर ३६ वर्षीया प्रधामन्त्री विवादमा तानिएकी थिइन्।
प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष सल्लाहकारले बताएका छन्। ‘१९ अगस्ट २०२२ मा प्रधानमन्त्री सन्ना मारिनमा गरिएको परीक्षणमा ड्रग देखिदैन,’ मारिनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ। रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका बताइएको छ।
‘एउटा वृहत परीक्षण गरिएको थिएन। हामीले परीक्षण कसरी गर्ने भनेर छनौट गरेनौं’ मारिनले भनिन्। गत साता चुहावट भएको एउटा भिडियोमा मारिनलाई साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच्दै पार्टी गरिरहेको देख्न सकिन्छ। भिडियोले विश्वभर विवाद सिर्जना गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया