बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपाल नेरल्याण्ड्ससँग पराजित भएकाे छ।
मंगलबार राति डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएकाे हाे।
नेदरल्याण्ड्सले नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य १८. ८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे।
नेदरल्याण्ड्स म्याक्स ओ ड्वडले अविजित अर्धशतक प्रहार गरे। भने, विक्रमजित सिंहले २२ तथा स्याब्राण्ड एङ्गलब्रेचले १४ रन बनाए।
नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बाेहराले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपालले १९.३ ओभरमा अलआउट हुँदै १ सय ६ रन बताएकाे थियाे। त्यसक्रममा नेपालका कप्तान राेहितकुमार पाैडेलले ३५, करन केसीले १७, गुल्सन झाले १४ तथा अनिल साहले ११ रन प्रहार गरेका थिए।
नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए। भने, बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए।
अब नेपालले १२ जुन (जेठ ३०) गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया