बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपमा न्युजिल्याण्डमाथि अफगानस्तानले सहज जित निकालेकाे छ।
शनिबार भएकाे खेलमा अफगानस्तानले न्युजिल्याण्डलाई ८४ रनकाे फराकिलाे अन्तरले पराजित गर्याे।
अफगानस्तानले दिएकाे १६० रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्याण्ड १५.२ ओभरमा ७५ रन बनाएर आउट भयाे। जारी विश्वकपमा याे सबैभन्दा कम स्काेर हाे।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ र म्याट हेन्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
अफगानस्तानका फजलहक फारूकी र राशिद खानले ४-४ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएकाे थियाे।
त्यसक्रममा अफगानस्तानका रहमानुल्लाह गुरबाज ८०, इब्राहिम जादरान ४० तथा अजमतुल्लाह उमरजई २२ बनाएका थिए।
अफगानस्तानकाे याे लगातार दाेस्राे जित हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया