बिएल संवाददाता
श्रीलंकाले जारी आइसिसी टी- २० विश्वकपमा लगातार दाेस्राे हार व्यहाेरेकाे छ।
शनिबार सम्पन्न खेलमा श्रीलंका बङ्गलादेशसँग २ विकेटले पराजित भएकाे हाे। श्रीलंकाले दिएकाे १२५ रनकाे लक्ष्य बङ्गलादेशले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
बङ्गलादेशकाे जितमा तोउहिद हृदयले ४०, लिटन दासले ३६ रन तथा महमुदुल्लाहले नटआउट १६ रन प्रहार गरे।
श्रीलंकाका नुवान तुसाराले ४ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएकाे थियाे।
त्यसक्रममा पाथुम निसानकाले ४७, धनन्जय डिसिल्भाले २१, चरिथ असलंकाले १९ तथा एंजेलो मैथ्यूजले १६ रन बनाएका थिए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेका थिएनन्।
श्रीलंकाले अब जुन १२ मा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया