बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकालेकाे छ।
शनिबार राति सम्पन्न खेलमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि ४ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १०४ रनकाे लक्ष्य साउथ अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे।
नेदरल्याण्ड्सले दिएकाे उक्त लक्ष्य पछ्याउने क्रममा साउथ अफ्रिकाले १२ रन बनाउँदा ४ विकेट गुमाइसकेकाे थियाे।
यद्यपि, त्यसपछि क्रिजमा आएका ट्रिस्टन स्टब्स र डेविड मिलारले ६५ रनकाे साझेदारी खेल खेल्दै साउथ अफ्रिकालाई जिए।
त्यसक्रममा स्टब्सले ३३ र मिलारले अविजित ५९ रन प्रहार गरे।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
नेदरल्याण्डसका भिभिन किङ्मा र लाेगन भान वीकले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ बनाएकाे थियाे।
त्यसक्रममा साइब्राण्ट एङ्गलब्रेच्टले ४०, लाेगान भान बीकले २३, विक्रमजित सिंहले १२ तथा कप्तान स्कट इडवार्डसले १० रन बनाएका थिए।
साउथ अफ्रिकाका ओट्टनेइल भार्थम्यानले ४ तथा मार्काे जाेनसेन र एनरिच नाेर्टजेले २-२ विकेट लिए।
जारी विश्वकपमा साउथ अफ्रिकाकाे याे लगातार दाेस्राे जित हाे। भने, नेदरल्याण्डसकाे पहिलाे हार हाे। नेदरल्याण्डसले पहिलाे खेलमा नेपाललाई पराजित गरेकाे थियाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया