बिएल संवाददाता
आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेकाे छ।
न्युयाेर्कमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेकाे हाे। भारतले दिएकाे १२० रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभमा ७ विकेट गुमाएरमात्रै ११३ रन बनाउन सक्याे।
पाकिस्तानका माेहमद रिजवानले ३१, कप्तान बाबर आजम, उसमान खान, फखर जमानले १३-१३ रन बनाए। भने, इमाद वासिमले १५ र नसिम साहले १० रन बनाए।
अन्यले दाेहाेराे अंक जाेड्न सकेनन्।
सुरुवाती चरणमा राम्राे प्रदर्शन गरेकाे पाकिस्तानले पछिल्ला ओभरमा आवश्यक रन बटुल्न सकेन।
पाकिस्तानलाई हराउन भारतका जसप्रित बुमराहले ३ तथा हार्दिक पाड्याले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभमार १९९ रन बनाएर अलआउट भएकाे थियाे। त्यसक्रममा भारतका रिषभ पन्तले ४२, अक्षर पटेलले २०, कप्तान राेहित शर्माले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेकाे थिएनन्।
पाकिस्तानका नसिम शाह र हरिस रउफले ३-३ तथा माेहमद अमिरले २ विकेट लिएका थिए।
पाकिस्तानकाे याे दाेस्राे हार हाे। यसअघि अमेरिकासँग हारेकाे थियाे। अब भने पाकिस्तानकाे सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेकाे छ।
त्यस्तै भारतकाे भने याे दाेस्राे जित हाे। याे जितसँगै भारतले सुपर ८ काे यात्रालाई सहज बनाएकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया