बिएल संवाददाता
वेस्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी-२० विश्वकपमा २६ खेल सकिँदा चार टाेली सुपर-एटमा प्रवेश गरेका छन्।
बिहीबारसम्म समूह ए’बाट भारत, समूह बी’बाट अस्ट्रेलिया समूह सी’बाट वेस्ट इन्डिज र समूह डी’बाट दक्षिण अफ्रिका सुपर-एटमा प्रवेश गरेका हुन्।
समूह ए’बाट भारत लगातार तीन खेलमा तीन जितसहित शीर्ष स्थानमा रहँदै सुपर-एटमा पुगेकाे हाे। भारतले पहिलाे खेलमा आयरल्याण्डलाई ८ विकेटले, दाेस्राे खेलमा पाकिस्तानलाई ६ रनले र तेस्राे खेलमा अमेरिकालाई ७ विकेटले पराजित गरेकाे थियाे।
अब समूह चरणकाे अन्तिम खेलमा भारतले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
याे समूहबाट अमेरिकाकाे सुपर-एटमा पुग्ने बलियाे सम्भावना कायम छ। ४ अंकसहित दाेस्राे स्थानमा रहेकाे अमेरिका अन्तिम खेलमा आयरल्याण्डविरुद्ध विजयी भएमा सिधैं सुपर-एटमा पुग्नेछ।
पराजित भएमापनि अमेरिकाकाे सुपर-एटमा पुग्ने सम्भावना अझै कायम रहनेछ।
त्यसका लागि २ अंकसहित तेस्राे स्थानमा रहेकाे पाकिस्तान अन्तिम खेलमा आयरल्याण्डसँग र २ अंकसहित चाैथाे स्थानमा रहेकाे क्यानडा भारतसँग पराजित हुनु पर्नेछ।
पाकिस्तान र क्यानडा आफ्ना अन्तिम खेलमा विजय भएपनि अमेरिकाकाे रनरेटका आधारमा सुपर-एटमा पुग्ने सम्भावना कायम नै रहनेछ। तर, त्यसका लागि अमेरिकाले आयरल्याण्डमाथि उच्च रनरेटसहितकाे जित निकाल्नु पर्नेछ।
त्यस्तै याे समूहबाट पाकिस्तानकाे पनि सुपर-एटमा पुग्ने सम्भावना रहेकाे छ। त्यसका लागि पाकिस्तानले अन्तिम खेलमा आयरल्याण्डलाई हराउनु पर्नेछ। त्यसमाथि उच्च रनरेटसहित।
तर, पाकिस्तान अन्तिम खेलमा विजयी भएरमात्रै पुग्ने छैन। अमेरिकाले आयरल्याण्डसँगकाे खेल हारेकाे हुनुपर्नेछ।
त्यस्तै याे समूहबाट क्यानडाकाे पनि सम्भावना कायम रहेकाे छ। तर, त्यसका लागि पहिला त अमेरिका र पाकिस्तानले आफ्ना अन्तिम खेल गुमाएकाे हुनु पर्नेछ। र, क्यानडाले उच्च रनरेटसहित भारतलाई पराजित गरेकाे हुनु पर्नेछ।
त्यस्तै शून्य अंकसहित सूचीकाे अन्तिममा रहेकाे आयरल्याण्डकाे पनि सुपर-एटमा पुग्ने सम्भावना त छ तर निक्कै कठिन।
आयरल्याण्डमा सुपर-एटमा पुग्नका लागि अमेरिकाले अन्तिम खेल हारेकाे हुनु पर्नेछ। र, आयरल्याण्डले अमेरिका र पाकिस्तानलाई उच्च रनरेटमा हराएकाे हुनु पर्नेछ। याे समीकरण भने निक्कै कठिन देखिन्छ।
०००
समूह बी’बाट अस्ट्रेलिया तीन खेलमा तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-एटमा पुगेकाे छ।
अस्ट्रेलियाले पहिलाे खेलमा ओमानलाई ३९ रनले, दाेस्राे खेलमा इङल्याण्डलाई ३६ रनले र तेस्राे खेलमा नामिवियालाई ९ विकेटल पराजित गरेकाे थियाे।
अब अस्ट्रेलियाले समूह चरणकाे अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
याे समूहबाट ५ अंकसहित दाेस्राे स्थानमा रहेकाे स्कटल्याण्डकाे सुपर- एटमा पुग्ने बलियाे सम्भावना रहेकाे छ।
स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध विजय भएमा सिधैं सुपर-एटमा पुग्नेछ।
याे खेलमा पराजित भएपनि स्कटल्याण्टकाे सुपर-एटमा पुग्ने सम्भावान यथावत रहनेछ। त्यसका लागि इङ्ल्याण्डले २ मध्ये १ खेलमा हारेकाे हुनु पर्नेछ। भने, इङ्ल्याण्ड दुवै खेलमा विजयी भएमा स्कटल्याण्ट सुपर-एटमा पुग्ने तय रनरेटका आधारमा हुनेछ।
बाँकी याे समूहमा रहेका नामिविया र ओमान समूह चरणबाट बाहिरिएका छन्।
०००
समूह सी’बाट आयाेजकसमेत रहेकाे वेस्ट इन्डिज पनि तीन खेलमा तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-एटमा पुगेकाे छ।
वेस्ट इन्डिजले पहिलाे खेलमा पपुवा न्युगिनीलाई ५ विकेटले, दाेस्राे खेलमा युगान्डालाई १३४ रनले र तेस्राे खेलमा न्युजिल्याण्डलाई १३ रनले पराजित गरेकाे थियाे।
अब वेस्ट इन्डिजले समूह चरणकाे अन्तिम खेल अफगानस्तानसँग खेल्नेछ।
याे समूहबाट अफगानस्तानकाे पनि सुपर-एटमा पुग्ने बलियाे सम्भावना रहेकाे छ।
अफगानस्तानले जारी विश्वकपमा लगातार दुई खेलमा दुई जित निकालेर ४ अंक बटुलेकाे छ। अब बाँकी दुई मध्ये एक खेल जितेमात्रै पनि अफगानस्तान सिधैं सुपर-एटमा पुग्नेछ। भने, ती दुवै खेल हारे पनि अफगानस्तानकाे सुपर-एटमा पुग्ने सम्भावना कायम रहनेछ।
बाँकी खेलमा युगान्डा, पपुवा न्युगिनि र न्युजिल्याण्डले शतप्रतिशत जित निकाले पनि रनरेटका आधारमा सुपर-एटमा पुग्ने सम्भावना जिवित नै रहनेछ।
त्यस्तै याे समूहबाट युगान्डाकाे पनि सुपर-एटमा पुग्ने सम्भावना कामय छ। त्यसका लागि पहिला त युगान्डाले अन्तिम खेलमा जित निकालेकाे हुनु पर्नेछ। जित निकालेर मात्रै पुग्नेछैन, अफगानस्तान दुवै खेलमा हारेकाे हुनुपर्ने छ। वा, कुनै पनि कारण अफगानस्तानकाे खेल रद्द हुनु परेकाे हुनेछ।
याे समूहबाट पपुवा न्युगिनी र युगान्डाकाे पनि सुपर-एटमा पुग्ने सम्भावना त कामय छ तर निकै कठिन। २-२ खेल खेलेका यी २ टाेली दुवै खेल हारेर शून्य स्थितिमा छन्। अब यी दुवै टाेलीले सुपर-एटमा पुग्न पहिला त बाँकी सबै खेल जित्नु पर्नेछ। र, जितेरमात्र पनि पुग्नेछैन। अफगानस्तान र युगान्डाले अन्य खेल हारेकाे हुनु पर्नेछ।
त्यसैले यी दुवै टाेलीकाे सम्भावना कमजाेर छ।
०००
नेपालसमेत रहेकाे समूह डी’बाट दक्षिण अफ्रिका सुपर-एटमा पुगेकाे छ।
तीन खेलमा तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा रहेकाे दक्षिण अफ्रिका पनि एक खेल अगावै सुपर- एटमा पुगेकाे हाे। जुन जारी विश्वकपमा सुपर-एटमा पुग्ने पहिलाे टाेली पनि हाे।
दक्षिण अफ्रिकाले पहिलाे खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेकाे थियाे। भने, दाेस्राे खेलमा नेदरल्याण्ड्सलाई ४ तथा तेस्राे खेलमा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेकाे थियाे।
अब दक्षिण अफ्रिकाले समूह चरणका अन्तिम खेलमा नेपालसँग खेल्नेछ।
याे समूहबाट बङ्गलादेशकाे सुपर-एटमा पुग्ने सम्भावना बलियाे छ। भने, नेदरल्याड्स र नेपालकाे पनि सुपर-एटमा पुग्ने सम्भावना यथावत छ।
२ अंकसहित दाेस्राे स्थानमा रहेकाे बङ्गलादेशले सुपर-एटमा पुग्नका लागि अब नेपाल र नेदरल्याड्समाथि जित हासिल गर्नुपर्नेछ। भने, यी दुई टाेलीमध्ये एक टाेलीसँग हारेमा पनि सुपर-एटमा पुग्ने सम्भावना जिवित नै रहनेछ।
त्यसका लागि नेदरल्याण्ड्सले बङ्गलादेश र श्रीलंका वा दुईमध्ये एक देशसँग हारेकाे हुनु पर्नेछ।
त्यस्तै नेपालले पनि दुवै खेल हारेकाे हुनु पर्नेछ।
याे समूहबाट नेरल्याड्सकाे पनि सुपर-एटमा पुग्ने सम्भावना यथावत छ। त्यसका लागि नेरल्याण्डसले पहिला त बङ्गलादेश र श्रीलंकालाई हराएकाे हुनुपर्नेछ।
दुईमध्ये एक खेलमा हारेमा पनि नेरल्याण्ड्सकाे सुपर-एटमा पुग्ने सम्भावना जिवित नै रहने छ। त्यसका लागि बङ्गलादेशले दुवै वा दुई मध्ये एक खेल हारेकाे हुनु पर्नेछ। र, रनरेटका आधारमा सुपर- एटकाे टुङ्गाे लगाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेछ।
भने, नेपालकाे खेलले पनि नेदरल्याण्ड्सकाे सुपर- एटमा पुग्ने सम्भावनामा प्रभाव पर्नेछ। यद्यपि, त्यसका लागि भने नेपालले बङ्गलादेश र दक्षिण अफ्रिकालाई हराएकाे हुनु पर्नेछ।
१ अंकसहित चाैथाे स्थानमा रहेकाे नेपालकाे पनि सुपर-एटमा पुग्ने सम्भावना कामय रहेकाे छ। तर, त्यसका लागि पहिला त नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशलाई पराजित गरेकाे हुनु पर्नेछ। र, बङ्गलादेश र नेदरल्याण्ड्सले बाँकी सबै खेल हारेकाे हुनु पर्नेछ। अहिलेलाई याे समीकरण निक्कै कठिन देखिन्छ। यद्यपि, खेल न हाे के हुन्छ भन्न सकिन्न।
याे समूहबाट श्रीलंका भने १ खेल अगावै बाहिरिएकाे छ। दक्षिण अफ्रिका र बङ्गलादेशसँग हारेकाे श्रीलंका वर्षाका कारण नेपालसँगकाे खेल रद्द हुँदा सुपर-एटकाे दाैडबाट बाहिरिन पुगेकाे हाे।
जारी विश्वकपमा १० टेस्ट र १० एसाेसिएट राष्ट्र गरी २० टाेली सहभागी छन्। ती २० टाेलीलाई ५-५ टाेलीका दरले ४ समूहमा विभाजन गरिएकाे छ। प्रत्येक समूहमा रहेका टाेलीले एक अर्काबीच प्रतिस्पर्धा गर्छन। प्रतिस्पर्धाबाट समूहकाे शीर्ष २ मा रहने २-२ टाेली सुपर-एटमा पुग्नेछन्।
सुपर-एटबाट विश्वकपमा आगामी यात्रा जारी रहनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया