बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपमा नेपालले शनिबार (भाेलि) बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार बिहान ५ : १५ बजेदेखि वेस्ट इन्डिजमा हुनेछ।
जारी विश्वकपमा नेपाल पहिलाे खेलमा नेदरल्याण्ड्ससँग पराजित भएकाे थियाे। भने, दाेस्राे खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग अंक बाढेकाे थियाे।
अघिल्ला खेल अमेरिकामा खेलकाे नेपालले बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ।
सुपर-एटमा पुग्नका लागि शनिबार बिहान दक्षिण अफ्रिका र बङ्गलादेशसँग हुने अन्तिम खेल जित्नु पर्ने दबाबमा नेपाल छ।
नेपाल रहेकाे समूह डी’बाट दक्षिण अफ्रिका नेपालसँग प्रतिस्पर्धा गर्नुअघि नै सुपर-एटमा पुगेकाे छ। अब याे समूहबाट अर्काे एक टाेली सुपर-एटमा पुग्नेछ।
याे समूहकाे शीर्ष स्थानमा रहकाे दक्षिण अफ्रिकाले लगातार तीन खेल जित्दै ६ अंक बटुलेकाे छ।
दाेस्राे स्थानमा रहेकाे बङ्गलादेशकाे ४ अंक रहेकाे छ। भने, तेस्राे स्थानमा रहेकाे नेदरल्याण्ड्सकाे २ तथा चाैथाे स्थानमा रहेकाे नेपाल र पाँचाैं स्थानमा रहेकाे श्रीलंकाकाे १-१ अंक रहेकाे छ।
४ अंक रहेकाे बङ्गलादेशलाई राेकेर नेपाल सुपर-एटमा पुग्ने सम्भावान कायम छ। त्यसका लागि नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशलाई हराउनुपर्ने हुन्छ। तर, नेपालकाे लागि याे समीकरण सहज छैन।
सन्दीपकाे ‘इन्टी’
भिसा नपाएका कारण अमेरिकामा विश्वकप खेल्न नपाएका नेपाली क्रिकेट टाेलीका पूर्वकप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकासँगकाे खेलबाट विश्वकपमा ‘इन्ट्री’ गर्दैछन्।
नेपाली क्रिकेट जगतका सर्वाधिक सफल क्रिकेटर सन्दीपकाे आगमनले नेपालकाे नतिजामा केही प्रभाव पर्न सक्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिश जिसीकाे ठाउँमा पछिल्ला दुई खेलमा सन्दीपलाई समावेश गर्दैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया