बिएल संवाददाता
नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो।
नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा २७ रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए।
त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए।
त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए।
यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ। अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ। भने दक्षिण अफ्रिकाको समुह चरणको खेल सकिएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया