बिएल संवाददाता
जारी आइसिसी टी– २० विश्वकपमा न्युजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ। समूह ‘सी’को अन्तिम खेलमा न्युजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो। ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
न्युजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ किर्तिमान बनाएका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए। उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ कीर्तिमान बनाएका छन्।
उनी टी– २० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए।
साथै फर्गुसन टी– २० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने। भने, विश्वकै दोस्रो बलर बनेका छन्। उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए।
न्युजील्याण्ड यस विश्वकपमा शुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया