बिएल संवाददाता
आइसिसी टी-२० विश्वकपमा इङ्ल्याण्डले आयाेजक वेस्ट इन्डिजमाथि सहज जित निकालेकाे छ।
बिहीबार बिहान वेस्ट इन्डिजले दिएकाे १८१ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्याण्डले उक्त लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे।
इङ्ल्याण्डकाे जितमा ओपनर फिल साल्टले अविजित ८७ रन प्रहार गरे। त्यस्तै जाेनी बेयरस्टो अविजित ४८ रन बनाए। भने, कप्तान जस बटलर २५ तथा माेइन अली १३ रन बनाएर आउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएकाे थियाे।
त्यसक्रममा ब्रान्डाेन किङले २३, जाेनसन चार्लेसले ३८, कप्तान राेभ्म्यान पावेल र निकाेलस पुरनले समान ३६/३६ रन बनाएका थिए।
जारी विश्वकपमा वेस्ट इन्डिजकाे याे पहिलाे हार हाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया