बिएल संवाददाता
आजदेखि युएईमा सुरु भएको आइसीसी महिला टी- २० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सकेको थियो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
जितपछि बंगलादेशले विश्वकपमा उत्साहजनक सुरुवात गरेको छ। आइसीसी विश्वकपमा १० वर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ। बंगलादेशले २०१४पछि विश्वकपमा जित हासिल गरेको हो।
अब बंगलादेशले आगामी शनिबार इङल्याण्डको सामना गर्ने छ। भने, स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया