बिएल संवाददाता
जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
समूह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन्। भने, समूह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन्।
समूह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समूह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन्।
अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन्। पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच बिहीबार हुने छ। भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुने छ।
त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया