बिएल संवाददाता
जिम्बाबेले टी- २० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ।
बुधबार टी- २० विश्वकप छनौटअन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो।
नेपालले २०२३को सेप्टेम्बर २७मा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै टी- २० क्रिकेटमा सर्बाधिक रन बनाउने कीर्तिमान बनाएको थियो।
जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए। उनले ३३ बलमा शतकसमेत बनाएका थिए। भने, ४३ बलमा १३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए।
जिम्बाबेले यो खेल २९० रनले जितेको थियो। ३४५ रनको लक्ष्य पछाएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया