बिएल संवाददाता
आइसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।
नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे। सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए। कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए। यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए।
उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए। नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई-दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो।
अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए। आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।
योसँग यस सिरिजमा नेपालले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ।
नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया