आइतबार, २५ अक्टोबर २०२६

दसैं सकिएसँगै तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो सुनको भाउ

News Image
• • •

दसैं सकिएसँगै खुलेको पहिलो दिनमै सुनको कारोबार मूल्य खस्किएको छ। दसैंपछिको पहिलो दिन आइतबार खुलेको सुन बजार यसको मूल्य एकैपटक तोलामा ११ हजार ६०० रुपैयाँले कमी भयो। 

योसँगै आजको बजारमा सुनको कारोबार २ लाख ७८ हजार ५०० रुपैयाँमा हुनेछ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। त्यो दसैंको विदा हुनुअघि अर्थात् फूलपातीको अघिल्लो दिनको बजार मूल्य हो।

त्पसपछि दसैं सकिएरमात्रै खुलेको बजारमा आइतबार आइतबार एकैपटक ११ हजार ६०० रुपैयाँ घटेको हो।

चाँदीको मूल्य पनि घटेको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!