बिएल संवाददाता
अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ उपलव्ध हुने छैनन् । अमेरिकाको अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो ।
एप्पलले सन् २०२० पछि उत्पादन गरेका सिरिज ६, सिरिज ९ र अल्ट्रा २ मा मासिमो कम्पनीको पेटेन्ट राइट भएको रगतमा अक्सिजन मापन गर्ने प्रविधि जडान गरेको थियो । बिना अनुमति पल्स अक्सिमिट्री जडान गरेको भन्दै मासिमोले एप्पलविरूद्ध अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनमा उजुरी गरेको थियो । त्यही उजुरीको सुनुवाई पछि कमिशनले एप्पललाई दण्डित गरेको हो ।
कमिशनको आदेशमा अमेरिकी राष्ट्रपतिले ६० दिनमा भिटो लगाउने सक्ने भए पनि राष्ट्रपति बाइडेनले भिटो लगाउन आवश्यक ठानेनन् । भिटो लगाउँने म्याद सोमबार सकिएकाले मंगलबारदेखि एप्पलका यी घडीको आयात तथा बिक्रीमाथि प्रतिवन्ध लागेको हो ।
एप्पलजस्तो प्रतिष्ठित ब्राण्डका लागि नैतिक तथा आर्थिक रूपमा यो ठूलो क्षति हो । यसबाट उसको करोडौ नोक्सान भएको छ भने चोरीको प्रविधि प्रयोग गर्दा ब्राण्डको शाखमा पनि ठूलो क्षति भएको छ।
एप्पलले क्रिसमस तथा नयाँ वर्षको उपहारका रूपमा राष्ट्रपति बाइडेनको भिटो उपहार अपेक्षा गरेको थियो । तर, बाइडेनले त्यसो नगरेर एप्पललाई पुरस्कृत गर्न आवश्यक ठानेनन् । ह्वाइट हाउसका एक अधिकारीले भने, 'त्यसो गर्नु मासिमोको प्रविधि चोरीलाई पुरस्कृत गर्नु थियो । अमेरिका त्यसो गर्न सक्दैन ।'
एप्पलले गतसाता नै आफ्नो वेभसाइट एप्पलका यी उत्पादनहरूको विज्ञापन र अनलाइन तथा स्टोरबाट बिक्री बितरण गर्न छोडेको थियो ।
एप्पलले यसअघि यी उत्पादन खरिद गरिसकेका उपभोक्तालाई भने बिक्रिपछिको सुविधा उपलव्ध गराउने जनाएको छ । उसले केही समयपछि नै यो प्रविधिको सोधभर्ना गरिने पनि जनाएको छ ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया