बिएल संवाददाता
बिहान कफी पिउनु धेरैलाई मनपर्छ। जाडो मौसममा मान्छेहरु कफीको लभर नै हुन्छ। अहिले गर्मीमा खासै वस्तै हुँदैन, तर लत बसेको मान्छेले गर्मी होस या जाडो पिएकै हुन्छ।
चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ। विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको महशुष समेत हुन्छ। कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ। कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका नै छैन तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन सक्छ।
यसो गरेमा स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुन सक्छ। यसले पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्न सक्छ। कफीमा क्याफिन भएकाले जसले एसिडिटी बढाउँछ। साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भन्ने गरिन्छ। यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ।
खाली पेटमा कफी सेवन गर्दा अनेकौ समस्या देखिन सक्ने बताइन्छ।
कफी पिउने सही समय कहिले हो त ?
पोषणविद्का अनुसार बिहानको खाजापछि कफी पिउनु स्वास्थ्यका लागि हानिकारक हुँदैन र आवश्यक सबै फाइदाहरू प्रदान गर्छ।
साँझमा पिउनु कत्तिको ठिक ?
साँझको कफीले निद्रामा समस्या निम्त्याउँन सक्छ। बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ।
जसका कारण निद्रा भाग्छ। साँझपख कफी पिउने हो भने अनिद्राको समस्या हुन थाल्छ। (एजेन्सीकाे सहयाेगमा)
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया