बिएल संवाददाता
कर्णाली प्रदेश सरकारमा आज (मंगलबार) नयाँ सरकारका लागि दाबी पेस गरिँदैछ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो।
नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त थियाे।
प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन्।
प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री दाबी गर्दैछन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ।
जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पष्ट बहुमत रहेको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया