बिएल संवाददाता
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ। ५६ वर्षीय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो।
राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो। उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया