बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्नसकिने बताए।
नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उनले भने, “यहाँका हरेक ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। यहाँका विभिन्न जातजातिको संस्कृति, परम्परा एवं सभ्यता पर्यटकका लागि आकर्षक छन्। धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।”
मन्त्री किरातीले प्रकृति र संस्कृतिको संयोजनबाट नै पर्यटन प्रवद्धन हुने बताउँदै भने– 'हाम्रो प्राकृतिक संरचनाजस्तो छ, त्यसको मौलिकता नमासिने गरी विकास गर्नुपर्छ। अनिमात्र विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ।' उनले माङमालुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया