बिएल संवाददाता
नेकपा एमालेले देशब्यापीरुपमा ‘शक्ति प्रदर्शन’ गर्दैछ। पालिकास्तरीय उक्त शक्ति प्रदर्शन यही कात्तिक २५ गते देशभरि एकसाथ हुनेछ।
त्यसका लागि एमालेका महासचिव शंकर पोखरेलले विभिन्न निर्देशनहरू जारी गरेका छन्। तयारीदेखि जुलुश र कोणसभा गर्दासम्म सभ्य र व्यवस्थित हुन पनि उनले निर्देशन दिएका छन्।
त्यस्तै जुलुशमा लगाउन मिल्ने नाराहरू पनि नेकपा एमालेले तय गरिसकेको छ।
गत भदौ २३ र २४ को जेनजीको आन्दोलनपछि तत्कालीन केपी ओलको सरकार अपदस्त भएको थियो। त्यसपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ मा निर्वाचन घोषणा गरेको छ।
तर नेकपा एमालेले भने कार्की सरकार असंवैधानिक भएको भन्दै त्यसलाई स्विकार गरेको छैन। र संसद पुन:स्थापनाको माग गर्दै देशब्यापी प्रदर्शन सुरु गरेको छ।
‘प्रतिगामी षडयन्त्रविरुद्ध पालिकास्तरीय’ जनप्रदर्शनको तयारीका लागि महासचिव पोखरेलले यस्तो निर्देशन जारी गरेका छन्।
आवश्यकता अनुसार झण्डा • व्यानर • प्लेकार्ड तयार गरौं।
ह्याण्ड माईक वा हल्का खालको साउण्ड सिस्टम प्रयोग गरौ।
जनप्रदर्शनका लागि घनावस्ती भएको बजार क्षेत्र चयन गरौ।
जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोण सभा गरौ।
जनप्रदर्शनका भिडियो/फोटो सामाजिक संजालमा शेयर गरौं र सञ्चार माध्यममा पठाऔं।
नाराहरू:
प्रतिगामी षडयन्त्र — मुर्दावाद।
विघटित प्रतिनिधिसभा — पुनर्स्थापना गर।
२३ र २४ को अपराधिक घटनाको — निस्पक्ष छानविन गर।
तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई — कारबाही गर।
हत्या, हिंसा, आतंक — बन्द गर।
नेकपा(एमाले) — जिन्दावाद।
जनताको बहुदलीय जनवाद — जिन्दावाद।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया