शुक्रबार, ०५ डिसेम्बर २०२५

प्रधानमन्त्रीले बोलाइन् ‘सर्वपक्षीय’ छलफल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले प्रमुख राजनीतिक दलहरू तथा सुरक्षा निकाय र नागरिक समाज तथा जेनजीका प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारीहरूलाईसमेत सर्वपक्षीय छलफल गर्दैछ। प्रधानमन्त्री सुशीला कार्कीले उनिहरूलाई आज ४ बजेका लागि बालुवाटार बोलाएकी हुन्।

आगामी प्रतिनिधिसभाको निर्वाचनलाई मुख्य केन्द्रमा राखेर प्रधामन्त्रीले छलफल आह्वान गरेकी हुन्। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुख, जेनजीका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूलाई समेत आमन्त्रण गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आयोग पनि तयारी तीब्र बनाएको छ। नेपाली काँग्रेस, नेकपा एमालेजस्ता ठूला दलहरूले समेत निर्वाचन प्रयोजनार्थ आयोगमा पार्टी दर्त गरिसकेका छन्।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु गर्ने जनाएको छ। मङ्सिर २१ गते बिहान १ देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण रिएको छ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ।

त्यस्तै पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यतालिका छ। माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!